काठमाडौँ, २१ माघ – कूटनीतिक अध्ययन संस्थाले हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले गर्नुभएको नेपाल भ्रमणको स्वागत गरेको छ संस्थाले आज जारी गरेको एक विज्ञप्तिमा भनेको छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समाप्त भई वामपन्थीको नेतृत्वमा सरकार गठन गर्ने पूर्वसन्ध्यामा आफ्नो विशेषदूतको रुपमा स्वराजको नेतृत्वमा पठाएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालमा छिट्टै बन्ने वामपन्थीहरुको सरकारसँग मिलेर कार्य गर्ने र नेपालको स्थिरता र समृद्धिका लागि सघाउने सन्देश दिनुका साथै सहकार्य गर्न इच्छुक रहेको भनी जानकारी गराउनुलाई नेपाल–भारतबीच कूटनीतिक अनुकुलताको प्रारम्भ भएको रुपमा लिन सकिन्छ यस कार्यले भारतले नेपालसँग नयाँ किसिमको सम्बन्ध कायम गर्न चाहेको अनुभव गरिएको संस्थाले जनाएको छ यो भ्रमण अचानक र अस्वभाविक रुपमा देखिएकाले कतिपयलाई आश्चर्य लागेको हुन सक्छ तर कुटनीतिमा आफ्नो सम्बन्ध अनुकुल बनाई राख्नु र आफ्नो हित विपरित हुन नदिने सर्वमान्य सिद्धान्त अनुकुल नै रहेको हुँदा यसलाई दुबै देशबाट एकअर्काबीच विश्वासको वातावरण बनाई नयाँ आधारबाट सम्बन्ध विकसित गर्न देखाएको उत्सुकताका रुपमा लिनु पर्दछ, विज्ञप्तिमा उल्लेख छ संस्थाले नेपाल र भारतबीचमा संविधान तथा मधेशको विषयलाई लिएर नेपाल र भारतबीचको सम्बन्धमा रहेको तिक्ततापूर्ण सम्बन्धमा सुधार गरी नेपाललाई विकास र समृद्धिमा सहयोग गर्ने जुन सन्देश दिने काम भएको छ, यसबाट भारतले नेपालसँग बिथोलिएको सम्बन्धलाई सच्याउन इच्छुक भएको देखिएको उल्लेख गरेको छ । यसबाट वामपन्थीहरु सरकारमा आएपछि भारत सम्बन्धको बारेमा देखिएको अनिश्चिताको वातावरण समेत समाप्त भएको संस्थाले जनाएको छ कुटनीतिमा हिजो के थियो भन्ने भन्दापनि आजको अवस्थामा मुलुकको हित, सम्वद्र्धन कसरी हुन सक्छ ?, मुलुकले स्थायित्व, समृद्धि र विकास कसरी गर्न सक्दछ ? भन्ने कुरालाई महत्व दिइने हुनाले यो भ्रमणले भारत र नेपाल बीचमा विगतमा कस्ता सम्बन्ध थिए भन्दा पनि भविष्यमा कस्तो सम्बन्ध गर्ने भन्ने कुराको आधार तयार भएकोलाई महत्व दिनुपर्ने पनि संस्थाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया