काठमाडौं । कोरोना भाइरससँग लड्नको लागि ब्रिटेनमा लागेको लक डाउन ६ महिनासम्मको लागि बढाउन सकिने भएको छ ।
लकडाउने अवज्ञा गर्नेलाई तत्काल जरिवाना गर्ने निर्णय भएको छ । ३० युरोदेखि लिएर हजार युरोसम्म जरिवाना हुन सक्ने भएको हो ।
ब्रिटेनका प्रधानमन्त्री बोरिसले सोमवार टिभीमा ३ हप्ताको लागि पूर्ण लकडाउनको घोषणा गरेका थिए । प्रधानमन्त्री बोरिसले देशबासीलाई सम्बोधन गर्दै घरमा बस्न र समुहमा नबस्न आग्रह गरेका थिए ।
त्यसपछि पनि ब्रिटेनका नागरिकले नियमको पालना भने राम्रोसँग अझै गरेका छैनन् । त्यसैले संक्रमितको संख्या लगातार बढ्दै गईरहेको छ ।
स्थानीय मिडिया रिपोर्टका अनुसार लकडाउनको अवधि ६ महिना सम्म अर्थात् जुन सम्म लम्ब्याउन सकिने बताएका छन् ।
नयाँ नियम अनुसार मानिसहरु घरबाट निस्कन पाउने छैनन् । भीड नहोस् भनेर ब्रिटेन सरकारले सबै महल, रेष्टुरेन्ट, पसल बन्द गरिसकेको छ ।
पुलिसलाई ब्रिटेन सरकारले यदि गैरकानूनि कामका लागि बाहिर निस्केको पाए तत्काल जरिवाना गर्न आदेश दिएको छ । पहिला तिस युरो जरिवाना तिराउने भनिए पनि अब भने १ हजार जरिवाना तिराउने नयाँ पवधान ल्याइएको छ ।
ब्रिटेनमा कोरोना भाइरसको प्रभाव लगातार बढी रहेको छ । प्रधानमन्त्री बोरिस जोनसनले देशबासीलाई सम्बोधन गर्दै एक अर्काबाट टाढै रहन अनुरोध गरेका छन् ।
ब्रिटेनमा अहिलेसम्म कोरोनाका कारण ५ सय ७८ जनाको मृत्यु भईसकेको छ । भने ११ हजार ६सय ५९ं८ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।
कोरोनाको परिक्षण गर्दा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई आज परिक्षणमा पोजिटिभ पाइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया