काठमाडौं । विश्वकै महाशक्ति राष्ट्र अमेरिकालाई पनि कोरोना संक्रमणको प्रभाव रोजगारीमा देखिन चालेको छ । अमेरिकी नागरिकहरु धमाधम बेरोजगार हुन थालेका छन् भने विश्वकै शक्तिशाली मानिने अमेरिकी सेनाको गतिविधि पनि ठप्प हुन थालेको छ ।
अमेरिकी श्रम विभागका अनुसार कोरोनाका कारण एक सातामै ३० लाख अमेरिकी बेरोजगार भएका छन् । उनीहरुले विभागमा बेरोजगार भत्ताका लागि सूचीकृत गराएको बताइन्छ । कोरोना संक्रमणका कारण होटल, रेस्टुरेन्ट, सिनेमा घर, जिम लगायत बन्द भएपछि बेरोजगार हुनेको संख्या एक्कासी बढेको हो ।
हालसम्म अमेरिकामा १३०० जनाको ज्यान गइसकेको छ भने ८५ हजार ५९४ जनमा कोरोना संक्रमण देखिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया