काठमाडौं । कोरोना भाइरसबाट प्रभावित हुनेवालाको आँकडा लगातार बढी रहेको छ । अहिलेसम्म सारा विश्वमा ४ लाख ९२ हजार भन्दा धेरै मानिसहरु संक्रमित रहेका छन् ।
सबैभन्दा धेरै इटली, चीन, स्पेन, इरान र अमेरिकामा कोरोनाका संक्रमितहरु रहेका छन् । कोरोनाका कारण मृत्यु हुनेहरुमा धेरैजसो वृद्ध वर्गहरु रहेका छन् । तर कोरोना संक्रमित भएपछि रिकभर हुने सम्भावना कति रहन्छ भन्ने प्रश्न उठ्छ ।
यसबारेमा केहि रिसर्चरहरुले बताएका छन् कि, कोरोना भाइरसबाट संक्रमित प्रति एक हजार व्यक्तिहरुमध्येका ९ व्यक्तिहरुको मृत्यु हुने आशंका हुन्छ । र १०० जना भने संक्रमित भए पनि बाँच्न सक्ने सम्भावना रहन्छ । तर संक्रमित व्यक्ति ठीक हुने सम्भावना भने संक्रमितको इम्युनिटी पावरमा निर्भर रहन्छ ।
भौगोलिक वातावरणमा पनि निर्भर रहन्छ
इम्पीरियल कलेजका शोधकर्ताहरुका अनुसार कोरोना भाइरसबाट संक्रमित मानिसहरुमध्ये कतिको ज्यान बच्दछ भन्ने कुरा फरक फरक देशको स्वास्थ्य तन्त्र र त्यहाँको भौगोलिक वातावरणमा निर्भर रहन्छ ।
चीन र जाडो धेरै हुने देशमा बस्नेहरुको इम्युनिटी पावर कम पाइएको छ । जब भारतमा रहेका मानिसहरुको प्रतिरक्षा प्रणली अत्याधिक राम्रो पाइएको छ ।
धेरैजसो भारतीयहरु शकाहारी खाना खाने भएकोले उनीहरुले शाकाहारीबाट आयुर्वेदिक औषधीहरु खाई नै रहेका हुन्छन् । त्यसैले शाकाहारी खाना खानेहरुमा यी फाइदाहरु मिल्ने गर्दछन् ।
उमेरमा अहम भूमिका
शोधका अनुसार कोरोनाको संक्रमणबाट कुन उमेरका मानिसहरुमा धेरै प्रभावित हुन्छ र कुनमा कम भन्ने बारेमा व्यक्तिको उमेरमा निर्भर रहन्छ ।
जस्तै हालेमा भएको एक आँकडाका अनुसार यस संक्रमणबाट वृद्धवर्गहरुको धेरै मृत्यु भएको पाइएको छ ।
चीनमा ४४ हजार मामिलाको विश्लेषणमा कोरोना भाइरसबाट वृद्धवर्गहरु अन्य उमेरवर्गका भन्दा १० गुणाले धेरै मरेका थिए ।
३० वर्ष भन्दा कम उमेरसमुहमा कोरोनाबाट मर्नेको संख्या एकदमै कम पाइएको छ ।
पुरुषलाई धेरै खतरा
एक अन्य रिसर्चबाट कोरोना भाइरसबाट संक्रमित मध्ये धेरैजसो पुरुष वर्गको मृत्यु भएको पत्ता लागेको छ । र महिलाहरुमा यसको खतरा कम भएको शोधले बताएको छ ।
अध्ययनको सिलसिलामा धेरैजसो पुरुष स्मोकिंग र ड्रिंक गर्ने गरेकोले उनीहरुको इम्युनिटी पावर कम हुने गरेको पत्ता लागेको छ ।
स्मोकिंग र ड्रिंक गर्दा भाइरस उक्त व्यक्तिको शरीरमा हाबी हुने गर्दछ । तर पुरुषमा भन्दा महिलामा रोगसँग लड्ने क्षमता धेरै हुने गरेको शोधबाट पत्ता लागेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया