काठमाडौं । कोरोना भाइरसले अमेरिका जस्तो महाशक्तिलाई पनि पछारिदिएको छ । अमेरिकामा अहिले सम्म कोरोनाका कारण १ हजार ३६ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार ५ सय ७३ जनमा संक्रमण देखा परेको छ ।
साथै सारा विश्वमा २१ हजार ५ सय २४ जनको मृत्यु भईसकेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई गम्भीर आरोप लगाएका छन् ।
उनले कोरोना भाइरसको मामिलामा डब्ल्युएचओले चीनको पक्ष लिएको गम्भीर आरोप लगाएका हुन् । उनले चीनलाई बचाउन डब्ल्युएचओ लागि परेको बताएका हुन् ।
ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘कोरोना भाइरसलाई लिएर पहिला पनि केहि डरलाग्दा कुराहरु साम्ने आएको तर डब्ल्युएचओले त्यसलाई लुकाएको हो ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले थपे,’डब्ल्युएचओले लगातार चीनको पक्ष लिइरहेको छ र उसको बचाउ गरिरहेको छ । यदि संसारलाई यसको बारेमा पहिल्यै जानकारी हुन्थ्यो भने यति धेरै मानिसहरुको ज्यान जाँदैन थियो ।’
राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा पहिला पनि अमेरिकी कांग्रेसम्यान ग्रेगले आफ्नो ट्वीटरमा एक ट्वीट गर्दै डब्ल्युएचओलाई आरोप लगाएका थिए, तर अब भने राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि डब्ल्युएचओबिरुद्ध यस्तो आरोप लगाएका छन् ।
ट्रम्पले यस अगाडि पनि कोरोना भाइरसको जड चीन भएको र चीनले नै सारा विश्वमा फैलाएको आरोप लगाएका थिए ।
साथै उनले केहि दिन अगाडिको आफ्नो वक्तव्यमा कोरोना भाइरसलाई कोरोना भाइरस नभएर चिनियाँ भाइरस बताएका थिए । ट्रम्पले कोरोना भाइरस चीनले नै फैलाएको बताउँदै आएका छन् ।
अमेरिकामा कोरोना भाइरसले हाहाकार मच्चाएको छ । अमेरिकामा नेस्टनल इमर्जेन्सि तोकिसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया