काठमाडौं । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग ‘आइओएम’ का अनुसार मोजाम्बिकमा एउटा कन्टेनरभित्र ६४ पुरुषको शव फेला परेको छ । द बाहिरबाट बन्द गरिएको उक्त कन्टेनरलाई टेटेस्थित एउटा चेकप्वाइन्टमा सुरक्षा जाँचका क्रममा खोलेर हेर्दा शवहरु फेला परेको अधिकारीहरुको भनाइ छ । आइओएमका अनुसार १४ जनाको भने उद्धार गरिएको छ ।
स्वास्थ्य परीक्षणका लागि उनीहरुलाई स्थानीय अस्पतालमा पठाइएको छ । उद्धार गरिएकाहरुका अनुसार उनीहरु इथियोपियाबाट दक्षिण अफ्रिका जाँदै थिए । कन्टेनर चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ । चालकका अनुसार उसलाई ती व्यक्ति लगिदिएबापत करिब ५ सय डलर दिने प्रतिबद्धता जनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया