के हो ‘हन्ता भाइरस’ ? जानौँ यसका लक्षण, शरीरमा कसरी गर्छ यसले आक्रमण ?

काठमाडौं । कोरोना भाइरसको महामारी चलिरहेकै बेला चीनबाट फेरी अर्काे डराउने वाला खबर आएको छ ।

कोरोनाको जन्मभूमी चीनमा फेरी अर्काे हन्ता भाइरसको संक्रमण देखा परेको हो । हन्ता भाइरसका कारण चीनमा एक जनाको मृत्यु भईसकेको छ ।

कोरोनाका कारण विश्व नै त्रसित बनेका बेला हन्ता भाइरस देखा परेपछि आम मानिसहरु झनै त्रसित बनेका छन् ।

आखिर के हो हन्ता भाइरस र कसरी फैलिइरहेको छ ?

सेन्टर डिसिज कन्ट्रोल र प्रिवेन्सन (सीडीसी) का अनुसार यो भाइरस पनि भाइरसहरुकै परिवार मध्येको एक हो । जो मुसा जस्ता कोतर्ने वाला जनावरहरुबाट फैलिन्छ ।

यो भाइरस मानिसहरुमा बिभिन्न रोगको कारण बन्न पनि सक्दछ । हन्ता भाइरसले मानव शरीरमा ‘पल्मोनेरी सिन्ड्रो’ पैदा गरिदिन सक्दछ ।

यो भाइरसको संक्रमितहरुमा रक्तश्राव, खोकी र किड्नीमा समस्या हुन सक्छ । यो भाइरस हावाबाट नभएर मुसा तथा लोखर्के जस्ता जनावरहरुले टोक्दा, त्यसको पिसाव र र्यालको माध्यमबाट मानव शरीरमा फैलिन्छ ।

हन्ता भाइरसको लक्षण

सीडीसीका अनुसार यदि कसैलाई हन्त भाइरस लाग्यो भने उसमा थकान, खोकी, मांशापेशीहरुमा पीडा हुने र टाउको दुख्ने लक्षण देखा पर्दछ ।

साथै रिंगटा लाग्ने र पेटमा पनि समस्या देखा पर्दछ । यदि त्यसको उपचार भएन भने खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।

सीडीसीका अनुसार यस भाइरसमा मृत्यु दर ३८ प्रतिशत हुन्छ । तर अहिलेसम्म यसको रिसर्च चलि रहेको छ ।

यस भाइरसको कारण उच्च रक्तचाप, किड्नीमा समस्या जस्ता स्थिति सिर्जना हुने गर्दछन् । तर हन्ता भाइरसको संक्रमण भने एक व्यक्तिबाट अर्काे व्यक्तिमा फैलिदैन ।

सीडीसीका अनुसार मुसा जस्ता चिथोर्ने वाला जनावरको जनसंख्या नियन्त्रण गरेर मात्रै यस भाइरसलाई फैलिनबाट रोक्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?