प्रदेश ५ः प्रदेशसभाको पहिलो बैठक आज

बुटवल, २१ माघ । ५ नं. प्रदेशको पहिलो प्रदेश सदस्य बैठक आजदेखि सुरु हुँदैछ प्रदेश प्रमुख उमाकान्त झाले आज अपराह्न १ बजेका लागि बैठकको आह्वान गरेका छन् । बैठकका लागि प्रदेश सचिवालय स्थापना गरिएको उद्योग वाणिज्य संघको सभाहल सजाइएको छ प्रदेशसभा सञ्चालनका लागि संघीय संसदको सहजीकारण टोलीले कर्मचारी, मर्यादापालक, सभामुख लगायतलाई सहजीकरण गरिसकेको टोली प्रमुख सुरेन्द्रप्रसाद अर्यालले बताए प्रदेशको पहिलो बैठकको प्रारम्भमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, सभामुखको निर्वाचनका लागि यही माघ २७ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचनको मिति तोक्नेसमेत कार्यसूची रहेको प्रदेशका ज्येष्ठ सदस्य तथा बैठकको सभामुखको जिम्मेवारीमा रहेका बलदेब शर्मा पोखरेलले जानकारी दिए । यससँगै पहिलो बैठकमा दलीय प्रतिनिधित्वका अधारमा प्रत्येकलाई १० मिनेट मन्तव्य राख्न दिइने कार्यसूची रहेको छ प्रदेशसभामा सहभागी हुन आउने सांसदहरुको चहलपहल बढेपछि बुटवल र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशसभा सचिवालय र आसपासमा जनपथ र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ५ नं. प्रदेशका १२ जिल्लाबाट एमाले, काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा र राजपाका गरी ८७ सांसद छन् । उनीहरुले औपचारिक तर स्वेच्छाले पोशाक लगाउन पाउने दलीय सहमति भएको सर्वदलीय बैठकमा भाग लिएका एमाले प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले बताए यसैगरी प्रदेशसभाको पहिलो बैठकलाई लक्षित गरी बुटवलका होटल व्यवसायीले २० प्रतिशत छुटमा खाना तथा बसोबासको व्यवस्था गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?