काठमाडौं । कोरोना भाइरसले सारा विश्वमा तहल्का मच्चाएको छ । अहिलेसम्म विश्वभरमा १६ हजार ५ सय ५८ जनाको मृत्यु भईसकेको छ । हरेक दिन अत्याधिक नयाँ मामिलाहरु पाईरहेका छन् ।
यसैबीच एउटा फोटो सोसल मिडियमा अत्यासिधक भाइरल बनिरहेको छ । उक्त फोटोलाई कोरोना भाइरसको औषधी भनेर अत्याधिक शेयर गरिएको छ ।
उक्त फोटो एउटा प्लाष्टिकको प्याकेटको हो । त्यो भन्दा माथि कोभिड १९ आइएमजी/आईजीजी लेखिएको छ । उक्त भिडियो शेयर गर्दै मानिसहरु अमेरिकाको रोची मेडिकल कम्पनीले कोरोनाभाइरस ‘भ्याक्सीन’ बनाएको दाबी गरिरहेका छन् ।

साथै उनीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे आइतवार सारा विश्वमा लन्च गर्ने दाबी गरेका छन् । तर जुन फोटो मानिसहरुले शेयर गरिरहेका छन्, जो वास्तवमा मात्र एउटा टेस्टिङ किट (कोभिड १९ टेस्ट किट) हो ।
त्यसलाई दक्षिण कोरियाली कम्पनी Sugentech ले बनाएको हो । यो कुनै औषधी भने होइन । अहिले सम्म कुनै पनि देशले कोरोना भाइरसका लागि औषधी बनाउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया