स्थानीय तहमा कर्मचारी समायोजन नहुँदा समस्या

गगन अयडीधनगढी, माग २०–स्थानीय तहको निर्वाचन भएको सात महिना बढी ह“ुदै गर्दा कर्मचारी समायोजन गर्न नसक्दा जनताका काम गर्न समस्या भएको छ सिंहदरबारको अधिकार गाउ“ गाउ“मा भनिएपनि स्थानीय सरकारलाई भने विकास निमार्णका काममा गर्न चुनौति देखिएको हो स्थानीय तहका प्रत्येक वडाबाट जनताले सेवा पाउनुपर्ने भएपनि कर्मचारी अभावका कारण त्यसो हुन सकिरहेको छैन जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकिएको जनप्रतिनिधिहरु बताएका छन् । सात नम्बर प्रदेशका ८८ वटै स्थानीय तहमा कर्मचारी अभाव छ । स्थानीय तहमा कर्मचारी अभावमा विकास निर्माणका काममा समस्या उत्पन्न भएको छ । कतिपय ठाउ“मा एउटै कर्मचारीले विभिन्न धेरै ठाउ“मा काम गर्नुपर्ने अवस्था रहेको बाजुराको बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुववालले बताए कर्मचारीकै अभावले वडा कार्यलय सञ्चालन हुन सकेका छैनन । एक वडाका सचिवले एक भन्दा बढी कार्यालयको काम गर्दै छन् । कैलालीको गौरिगंगा नगरपालिकामा २० प्रतिशत मात्रै कर्मचारी हु“दा नगर प्रमुख भिमबहादुर देउवाले बताए कर्मचारी अभावका कारण जनताले चाहेको जस्तो सेवा पाउन सकेका छैनन् । जसले जनताले स्थानीय सरकार पाएको महसुश गर्न सकेका छैनन् कतिपय ठाउ“मा जनप्रतिनिधिहरुले कसरी काम गर्ने भन्ने मेसो पाउन सकेका छैनन् भने कतिपय नया“ कर्मचारीहरु स्थानीय तहको काम कारबाहीका बारेमा ज्ञान छैन कर्मचारी व्यवस्थापन गर्न नसक्दा पनि समस्या आउने गरेको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए स्थानीय तह पुनर्संरचना आयोगले पनि कर्मचारी व्यवस्थापन हुन नसक्दा स्थानीय तहको काम सन्तोषजनक हुन नसकेको जनाएको छ आयोगका अध्यक्ष बालानन्द पौडेलले सरकारले अब काजमा समेत कर्मचारी राख्न स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड दिए निर्वाचीत जनप्रतिनिधिलाई विकास निमार्णकालागी ज्ञान नहुनु अनी कर्मचारीको अभावले विकास निमार्णमा काममा थप चुनौती थपिएको छ पहिलो पटक लागु भएको संघिय प्रणालीको कार्यन्युयनमा समेत चुनौती रहेको छ बाजुराको त्रिबेणी नगरपालिकामा ९ वटा वडाकार्यालय रहेकोमा दुईजना सचिबले काम गरीरहेनु परेको बाजुराको त्रिबेणी नगरपालिकाकी उपप्रमुख तथा जनप्रतिनिधि राधिका सुनारले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?