काठमाडौं । भारतमा आइतबार जनता कफ्र्यु लागू गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कर्फ्यू लगाइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भएको जनता कफ्र्यु १४ घण्टा मात्रै भएको अधिकारीहरुले जनाएका छन् । जनता कफ्र्युबाट एक अर्ब भन्दा धेरै मानिस प्रभावित भएको उनीहरुको भनाइ छ ।
स्थानीय समय अनुसार बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म कफ्र्यु लागू हुने जनाइएको छ । सामाजिक सञ्जाल ट्वीटरमा प्रधामन्त्री मोदीले जनता कफ्र्युलाई पालना गर्न र कोरोना विरुद्धको लडाइँमा एकजुट हुन आह्वान गरेका छन् ।
उनले आजका लागि जनता कर्फ्यू लगाउन अधिल्लो हप्ता नै आह्वान गर्नु भएको थियो । यो जनता कफ्र्युबाट भाइरस विरुद्ध लड्ने भारतीय क्षमता परीक्षण हुने उनको भनाई छ ।
जनता कर्फ्यूमा सबै जनता आफ्नै घरभित्र बस्ने र बाहिर ननिस्कने व्यवस्था गरिएको छ । जनता कफ्र्युका कारण भारतमा आइतबार आवश्यक सामग्री बेच्ने बाहेक सबै पसल, यातायातका साधनलगायत बन्द भएका छन् भने बजार सुनसान रहेका छन् ।
भारतका कतिपय स्थानमा यसअधि नै लामो समयका लागि बन्द घोषणा गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया