एकैदिन भारतबाट १७ हजारभन्दा बढी नेपाली फर्किए

धनगढी। सुदूरपश्चिम प्रदेशमा रहेको दुई मुख्य नाकाबाट एकै दिन १७ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।
छिमेकी राष्ट्र भारतको विभिन्न राज्यमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिदैं गएपछि त्यहाँ रहेका नेपाली धमाधम घर फर्किन लागेका हुन । शनिबारमात्रै कञ्चनपुरको गड्डाचौकी नाकाबाट १३ हजार र कैलालीको त्रिनगर भन्सार नाकाबाट चार हजार नेपाली स्वदेश फर्केका छन् ।
विहानै दुवै नाकामा अत्यधिक नेपाली पुगेपछि उनीहरुलाई चेकजाँच गरेर मुलुकभित्र आउन दिन हम्मे–हम्मे भएको थियो । नाकामा स्थापना भएका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलेमात्रै चेकजाँच गर्न सम्भव नभएपछि तत्काल दुवै नाकामा नेपाली सेनालेसमेत हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किनेहरुको स्वास्थ्य चेकजाँच गरेको थियो ।गोरखापत्रमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?