काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनीकरणका सरकारले थप निर्णय गरेको छ ।
उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकले कोभिड—१९ रोकथाम तथा नियन्त्रणका लागि ६ वटा कार्यदल बनाउने निर्णय गरेको छ । सो कार्यदल समिति मातहत नै रहनेछन् ।
बैठकले आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको छ ।
यस्तै राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ । क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वम समिति गठन भएको छ ।
यस्तै निर्णय÷निर्देशन कार्यान्वयनको अवस्थामा विषयमा अनुगमन गर्न रक्षाममन्त्रालयलाई जिम्मेवारी दिइएको छ । सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ ।
यसैगरी भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको उनले बताए ।
यता स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा समिति गठन गरिएको छ ।
देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया