भिसा अवधि थप्नेको भीड

पोखरा । कोरोनाको सङ्क्रमणका कारण पोखरा आएका पर्यटक भिसा अवधि बढाएर पोखरामै बसाइ लम्बाउने गरेका छन् ।
नेपालबाट सीधा हवाई उडान रोकिँदा भारतको कलकत्ता, कतार, हङकङ भई आफ्नो देशमा जान सम्बन्धित देशले उडान रोकेका कारण पोखरामै बसाइ अवधि लम्बाएका हुन् ।
सिङ्गापुरबाट नेपाल घुम्न आएका सिरिल थोमस बेसाञ्जर ३० दिनअघि पोखरा आएका थिए । पोखरासहित लुम्बिनी, काठमाडौँका विभिन्न ठाउँ घुमिसकेको र अब फर्किने बेलामा कोरोना सङ्क्रमणले स्वदेश फर्किन नपाएकाले अन्नपूर्ण पदयात्रा गर्ने सोचका साथ बसाइ लम्बाएको बताए । उनले सोका लागि पोखरास्थित अध्यागमन कार्यालयमा सोमबार भिसा थपका लागि आएको बताए ।
अस्ट्रेलियन नागरिक हेरीले पनि कोरोनाको कारण देखाउँदै पोखरामै म्याद थप गरी बसेको बताए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?