काठमाडौं । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९)का कारण पर्न सक्ने र आउन सक्ने परिस्थितिसँग जुध्न सबै नेपालीसँग अपिल गरेका छन् ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि सार्क राष्ट्रबीचको भिडियो कन्फ्रेन्समा सहभागी भएका ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै उपप्रधानमन्त्रीको नेतृत्व सम्पूर्ण व्यवस्था मिलाएको जानकारी गराउँदै आफू र परिवारलाई सचेत हुन अनुरोध गरेका छन् ।
प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी महामारीसँग जुध्न तयार रहेको उनले बताए । केही समयका लागि अप्ठेरो भएपनि आनीबानी र व्यवहार तथा दैनिक व्यवहारलाई केही सर्तकता अपनाउन अनुरोध गरे ।
सम्भावित जोखिमबाट जोगिन अर्को विकल्प नभएको भन्दै उनले भने, सरसफाईमा उचित ध्यान दिनुहोस् साबुन पानीले हात धुने, भिडबाट बच्ने अत्याधिक वस्तुको बढी सञ्चित नगर्न भन्दै कालोबजारी गरे कारबाही गर्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया