काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मास्क तथा सेनिटाइजर वितरण गरेको छ । स्याङ्जा–काठमाडौं सम्पर्क समितिले मास्क र सेनिटाइजर वितरण गरेको हो।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०औं स्मृति दिवसको अवसरमा शुक्रबार समितिले नयाँ बानेश्वरमा कोरोना भाइरसबारे जनचेतना फैलाउँदै मास्क र सेनिटाइजर वितरण गरेको हो ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन २५ सय मास्क र सेनेटाइजर वितरण गरिएको सम्पर्क समिति अध्यक्ष दीपेन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा नेविसंघ महामन्त्रीहरु बलदेव तिमल्सिना, युवराज पाण्डे लगायतका अन्य नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया