निर्भया काण्ड : फाँसी दिन लैजाँदा दोषीले रुँदै भनेका थिए ‘मर्न मन छैन, मलाई माफ गर्नुहोस्’

काठमाडौं । ७ वर्ष ४ महिना तीन दिन पछि निर्भया काण्डका ४ दोषीहरुलाई आज विहान साँढे ५ बजे भारतको सर्वाेच्च अदालतले फाँसी दिएको थियो ।

उनीहरुको जिन्दगी फाँसीमा झुन्ड्याइएसँगै समाप्त भएको छ । तर फाँसी भन्दा पहिला उनीहरुले आफ्नो अन्तिम क्षण्मा चारै दोषीहरुले जेल अधिकारीहरुको अगाडि जीवनको भीख मागेका छन् ।

जेल म्यानुअलका अनुसार उनीहरुलाई नुहाउन, नयाँ कपडा लगाउन र आ-आफ्नो धर्मका अनुसार पूजापाठ गर्ने बारे सोधिएको थियो । तर उनीहरुले कुनै पनि जवाफ दिएका थिएनन् ।

न त उनीहरु चिया, नास्ता खान नै राजी भएका थिए । तर मृत्यु नजिक आईरहेको बेला २६ वर्षीय विनय शर्मा आफू निर्दोष भएको बताउँदै जीवनको भीख मागे र रुन थाले ।

उनी लैजाँदै गर्दा जमीनमै घिसारिएका थिए । उनले रुँदै भनेका थिए, ‘मलाई मर्न छैन, मलाई माफ गर्नुहोस्’ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?