अष्ट्रेलियामा पानी जहाजमा भेटिए कोरोना संक्रमित, २७ सयलाई सेल्फ क्वारेन्टाइनमा बस्न अपिल

काठमाडौं । अष्ट्रेलियामा पानीजहाजमा यात्रा गरेका यात्रुमा कोरोनाको संक्रमण भेटिएको छ । संक्रमण भेटिएपछि करिव २ हजार ७ सयलाई सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरिएको छ ।

रुबी प्रिन्सेस नाम गरेको पानीजहाजमा यात्रा गरेका १३ जनामा गरिएको कोरोना परीक्षणमा तीनजनामा संक्रमण देखिएको हो। दुई यात्रु र एक चालक दलको सदस्यमा भाइरस देखिएको हो।

उक्त जहाज न्यूजील्यान्‍डबाट सिड्नी पुगेको बताइएको छ।

चीन वुहानबाट फैलिएको उक्त कोरोना भाइरसबाट अष्ट्रेलिया ७ जनाको मृत्यु भएको छ । हालसम्म अष्ट्रलियामा ८ सय भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ ।

विश्वनै कोरोना भाइरसको चपेटामा परेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरमा १० हजार ४८ जनाको मृत्यु भएको छ । २ लाख ४५ हजार ८ सय ८१ जनालाई संक्रमण भएको छ । ८८ हजार ४ सय ६५ जना निको भएर घर फर्कीएका छन् । अहिलेसम्म १८० देशमा संक्रमण फैलिएको छ ।

भाइरसका कारण इटालीमा अहिलेसम्म ३ हजार ४०५ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २४८ जनाको मृत्यु भएको छ ।

त्यस्तै इरानमा १२ सय ८६ जनाको मृत्यु भएको छ । अमेरिकामा २१७ र स्पेनमा ८३१ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?