इण्डोनेशियामा ६.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । इण्डोनेशियाको बाली द्वीपबाट दक्षिण दिशाको समुन्द्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सेवाले उक्त जानकारी दिएको हो ।

भूकम्पले केहि जनधनको क्षति नभएको बताइएको छ । युएसजीएसले भूकम्प बुधवार राती १ बजेर ४५ मिनेटमा गएको बताएको छ ।

भूकम्पको केन्द्र नुसा दुआ नगरबाट २५५ किलोमिटर टाढा रहेको बताइएको छ । भूकम्पको केन्द्र जमीनभन्दा १० किलोमिटरको गहिराईमा रहेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?