भारतमा १ सय ९० जनामा कोरोनाको संक्रमण, अहिलेसम्म चार जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसकाबाट भारतमा १ सय ९० जना संक्रमति भएका छन् । अहिलेसम्म भारतमा कोरोनाको संक्रमणबाट ४ जनाको मृत्यु भएको नवभार टाइम्सले लेखेको छ ।

यहि हालतलाई मध्यनजर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै २२ मार्चमा जनता कर्फ्युको आह्वान गरेका छन् ।

विश्वनै कोरोना भाइरसको चपेटामा परेको छ । विश्वभरमा १० हजार ४८ जनाको मृत्यु भएको छ । २ लाख ४५ हजार ६ सय १३ जनालाई संक्रमण भएको छ । ८८ हजार ४ सय ३७ जना निको भएर घर फर्कीएका छन् । अहिलेसम्म १७९ देशमा संक्रमण फैलिएको छ ।

चिनको वुहान सहरबाट सुरु भएको भाइरसलेका कारण इटालीमा अहिलेसम्म ३ हजार ४०५ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २४८ जनाको मृत्यु भएको छ ।

त्यस्तै इरानमा १२ सय ४८ जनाको मृत्यु भएको छ । अमेरिकामा २१४ र स्पेनमा ८३१ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?