काठमाडौं । वि.सं. २०७६ चैत्र ०७ गते । शुक्रवार । इ.स.२०२० मार्च २० तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण ।
वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा । चैत्र कृष्णपक्ष । तिथी– एकादशी,०८ बजेर ०६ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–श्रवण,१८ बजेर ४८ मिनेट उप्रान्त धनिष्ठा । योग– शिव,१३ बजेर ४८ मिनेट उप्रान्त सिद्ध । करण– वालव,०८ बजेर ०६ मिनेट उप्रान्त कौलव,२० बजेर ३१ मिनेट उप्रान्त तैतिल ।
आनन्दादिमा धुम्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ६ बजेर ०९ मिनेटमा, सूर्यास्त १८ बजेर १४ मिनेटमा । दिनमान ३० घडी ११ पला । पापमोचनी एकादशीव्रत ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । पुर्ख्यौली धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।
पुराना विवादलाई सल्टाउन तपाईको महत्वपुर्ण भुमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ । छोटो दुरिको यात्राको तय हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खोज तथा अनुसन्धानको शिलशिलामा छोटो दुरिको यात्रा हुने योग रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।
भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभागि समय फलदायी रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ ।
व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।
सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ ।
प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । आफन्तसँग भेटघाट हुने हुनाले मन प्रसन्न हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिस्पर्द्धामा विजयको योग रहेको छ भने तपाईको कुरा काट्ने तथा ईष्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राम्रा काम गरी अरुको विश्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैँतिर पार्न सकिनेछ । नयाँ प्रविधीको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई किनारा लगाउँदै विजय भईनेछ । आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ । यात्रासँग सम्बन्धीत कामहरु हुनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्तहरु टाडिने तथा पति पत्नी विच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकैनै समय खर्चनु पर्नेछ भने कृषी तथा पशुपालन व्यवसाय फस्टाउनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय तथा भाग्यले साथ दिने हुदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
सुचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । वुद्धी तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ ।
परिवारका साथ रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ती तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ ।
राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले यात्रा हुने भएपनि बाटोमा दुख हुन सक्छ । विदेशी सामानको व्यापार व्यवसाय सन्तोषजनक रहेपनि स्वदेशी व्यापारमा मन्दी आउनेछ ।
पढाई लेखाईमा मन नजादा नतिजा अरुतिर जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । प्रेममा धोका हुन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ ।
शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया