काठमाडौं । पाकिस्तानमा पनि कोरोनाभाइरसको कहर बढिरेहेको छ । कोरोनाभाइरसको संक्रमणबाट पाकिस्तानमा २ जनाको मृत्यु भएको नवभारत टाइम्सले लेखेको छ ।
पाकिस्तानमा अहिलेसम्म ३०१ जनामा संक्रमण भेटिएको हो । कोरोनाभाइरसको संक्रमणले सिंध प्रान्तलाई बढि प्रभाव पारेको छ । यहाँ २ सय ८ जनामा संक्रमण भेटिएको हो । त्यस्तै पंजाबमा ३३ र बलोचिस्तानमा २३ जनामा संक्रमण भेटिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया