श्रीलङ्काको दुई ठाउँमा कर्फ्यू

काठमाडौं । श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कर्फ्यू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कर्फ्यूको आदेश दिइएको अिधकारीले जनाएका छन् ।

प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कर्फ्यू आदेश जारी भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् ।

कफ्र्यू लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?