काठमाडौं । एसईईका परीक्षार्थीसँग २ हजार रुपैयाँ घुस लिने प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।
धनुषाको मिथिला नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई आयोगको टोलीले घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
निर्धारित समयमा परीक्षा फारम नभरेको भन्दै महतोले केही विद्यार्थीलाई परीक्षाबाट वञ्चित हुनसक्ने डर देखाउँदै घुस मागेका थिए । उनले ५, ७ हजार व्यवस्था गर्न सके फारमको समस्या मिलाउन सक्ने भन्दै विद्यार्थीसँग सोझै पैसाको कुरा गरेका थिए ।
सोही क्रममा एक विद्यार्थीले महतो विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयमा उजुरी दिएपश्चात् आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो ।
उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गरी विशेष अदालतमा मुद्दा दायर गरिने आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया