नेपालमै बन्यो स्यानिटाइजर

काठमाडौँ। नेपाली जडीबुटीबाट रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजर नेपालमै बनेको छ । वनस्पति विभागले जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर परीक्षण प्रयोग गरेको छ ।
यति बेला कोरोना भाइरस (कोभिड–१९)बाट बच्न उपयोग गरिने अत्यावश्यक सामग्री मास्क र स्यानिटाइजरको अभाव नेपाली बजारमा देखिएको छ । विदेशबाट आयात हुने पनि आइरहेका छैनन् । भएका सामग्री पनि कालोबजारी गर्नेले लुकाउने र महँंगोमा बिक्री गरिरहेका छन् । यही बेला अत्यावश्यक सामग्रीमा आत्मनिर्भर बन्न वनस्पति विभागले स्यानिटाइजरको फर्मुलासहित यसको सफल प्रयोग गरेको हो ।गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?