काठमाडौः नेपालीमा एउटा प्रचलित उखान छ । पाप धुरीबाट कराउँछ । काठमाडौंसँग सिमा जोडिएको जिल्ला धादिङको पछिल्लो घटना यो उखानसँग मिल्दो छ ।
सौतेनी आमाको हत्या गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाको १८ वर्षपछि उनी पक्राउ परेका हुन् । २०५८ साल माघ १० गते थापाको बुवाको सवारी दुर्घटनामा परी मृत्यु भएपछि उनले सौतेनी आमालाई घाँटी थिची हत्या गरेका थिए ।
हत्या भएको १८ वर्षपछि केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले धादिङ थाक्रे गाउँपालिका वडा नम्वर ६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई पक्राउ गरेको हो। घटना भएको समयमा थापा ४० वर्षका थिए। १८ वर्षपछि अभियुक्तलाई काठमाडौंमा लुकिछिपि बस्दै आएको अवस्थामा पक्राउ गरिएको हो ।
२०५८ सालमा बुबाको मृत्युपछि माघ १४ गते रण बहादुर थापाले अंश सम्बन्धी विवाद गरेका कारण आफ्नै सौतेनी आमा साईली थापालाई आफ्नै घर भित्र घाँटी थिची हत्या गरेका थिए। काठमाडौंमा लुकिछिपि बस्दै आएका थापालाई प्रहरीको अनुसन्धान व्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया