काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा आफ्नो ट्वीटर अकाउण्टका कारण धेरै चर्चामा रहन्छन् । ट्वीटरमा उनका फलोअर्सलाई लिएर अहिले हंगामा मच्चिएको छ ।
ट्वीटर युजर्सले उनको अकाउण्टमा नोटिस गरे कि, बाराक ओबामा चर्चित पोर्न स्टार सारा जेलाई फलो गरेका छन् । त्यसको बारेमा थाहा पाउनासाथ युजर्सले त्यो कुरा नोटिस गरे र त्यहाँ कमेन्ट गर्न शुरु गरे ।
सारा जे एकदमै चर्चित पोर्न स्टार हुन् । उनले २० २० वर्षसम्म पोर्न इण्डस्ट्रीमा काम गरेकी छन् । साथै उनी सन् २०१८ मा सबैभ्न्दा धेरै सर्च गरिएकी पोर्न स्टार समेत हुन् ।
साराको ट्वीटरमा १० लाख भन्दा धेरै फलोअर्स रहेका छन् । त्यहि फलोअर्स मध्येका एक बाराक ओबामा पनि देखिएका छन् ।
आफूलाई ट्वीटरमा ट्रेण्ड भएको देखेर साराले तत्काल यसको जवाफ ट्वीटर युजर्सलाई दिएकी छन् ।
उनले जवाफ दिँदै एक ट्वीटमा भनेकी छन्, उनी एक कोस लेडी, प्रोड्युसर, डाइरेक्टर, लेखक र अडल्ट ट्यालेन्ट म्यानेज कर्ने कम्पनी चलाउने भएको हुनाले ओबामाले उनलाई फलो गरेको हुन सक्ने बताएकी छन् । साराको ट्वीट पछि फलोअर्सहरुले ओबामाकी श्रीमतीलाई पनि घेरेका छन् ।
फलोअर्सहरुले कमेन्टमा ओबामाकी श्रीमती मिशेल ओबामासँग पनि यस बारेमा रिएक्शन मागेका छन् ।
एक युजरले लेखेका छन् कि, मिशेलले अब ओबामासँग उनको फोन पर्काउन पर्दछ । किनभने ओबामा अब धेरै मुश्किलमा परेका छन् ।
साथै एक अन्य युजर्सले बाराक ओबामा हामी तपाईलाई धेरै मायाँ गर्दछौँ, के तपाईले अहिलेसम्म सारालाई अनफलो गर्नुभयो ? किनभने यो कुरा मिशेललाई थाहा भयो भने हामीले पनि तपाईलाई बचाउन असमर्थ हुन्छौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया