योगगुरु रामदेवको नेपाल भ्रमण स्थगित

काठमाडौं । योगगुरु रामदेव र आचार्य बालकृष्णको नेपाल भ्रमण स्थगित भएको छ। यही चैत २२ देखि साताव्यापी भ्रमणको कार्यक्रम तय भएको थियो।

भारतसहित विश्वका करिव १ सय ५० मुलकमा फैलिएको कोरोना ९कोभिड–१९० भाइरसका कारण उहाँको भ्रमण स्थगित भएको हो।
उहाँहरू पोखरामा योग शिविर सञ्चालन गर्नेलगायतका कार्यक्रममा सरिक हुने कार्यक्रम थियो।

पतञ्जली योगपीठ नेपालका ट्रस्टी शालिकराम सिंहले भने– ‘यो वर्षको भ्रमण स्थगित भएको छ, अब कहिले हुन्छ निर्णय भएको छैन।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?