काठमाडौं । युरोपा लिगको अन्तिम १६ अन्तर्गत इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब गेटाफेबीचको पहिलो लेग खेल स्थगित भएको छ ।
दुई टोलीबीचको खेल यस अघि बन्द रंगशालामा खेलाईने बताईएको थियो । तर कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै बिहिबावार तय गरिएको इन्टर र गेटाफेबीचको खेल स्थगित भएको हो ।
दुई टोलीबीचको खेल यस अगाडि बन्द रंगशालामा खेलाईने भनिए पनि स्पेन र इटाली सरकारले दुवै टिमलाई आवतजावतमा रोक लगाएको छ ।
त्यस्तै युरोपा अन्तर्गत नै रोमा र सेभियाबीचको खेल पनि स्थगित गरिएको छ ।
युएईएफले स्थगित खेल सहभागी टोलीसँग छलफल गरेर मात्रै तय गरिने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया