सुर्य बहादुर थापाका छोराले गरे राप्रपा एकिकरणको बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा गरिरहँदा एक नेताले उक्त घोषणा सभाको बहिस्कार गरेका छन् । यता राष्ट्रिय सभागृहमा धुमधाम साथ पार्टी एकिकरण गरिरहँदा सुनीलबहादुर थापा भने मालीगाउँस्थित आफ्नो घरमा बैठकमा व्यस्त थिए ।

थापा राप्रपाका संस्थापक नेता स्व। सूर्यबहादुर थापाका छोरा हुन् । साथै उनी पूर्व मन्त्री समेत रहेका छन् । थापाले आफ्ना पिताको राजनीतिक वृत्तमा आफुलाइ सदा अडिग राखेको भन्दै उक्त एकिकरण बहिस्कार गरेको बताएका छन् ।

त्यतिमात्र नभएर राजतन्त्रको पक्षमा पार्टी उभिन लागेको भन्दै राप्रपाको मंगलवार बसेको बैठक समेत उनले बहिस्कार गरेका थिए । राजसंस्थाको खुलेर वकालत गर्दै आएका कमल थापाको पार्टीसँग पशुपति शमशेर राणासँग असन्तुष्ट हुँदै केन्द्रीय कार्यसमितीको बैठक समेत बहिस्कार गरेको स्रोतले जनाएको छ ।

गणतन्त्र र संघीयताको विरुद्ध राजतन्त्रलाई स्वीकार गर्ने गरि गरिएको एकताका कारण आफू त्यसमा सामेल हुन नसकेको थापाले तर्क गर्दै एकिकरण बहिस्कार गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?