काठमाडौं । राप्रपा र राप्रपा संयुत्तको पार्टी एकीकरण भएको छ । एकीकरण घोषणा कार्याक्रममा कमल थापाले कहिल्यै पनि पार्टी फुट्न नदिने प्रतिज्ञा गरेका छन्
उनले राप्रपा अध्यक्ष कमल थापाले हिन्दूहरुको आस्थाको केन्द्र भगवान पशुपतिनाथलाई साक्षी राखेर अब पार्टी नफुटाउने कसम खाएका छन् ।
घोषणा कार्यक्रममा उनले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गरेका हुन। उनले भने ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्न’ । पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतीज्ञा गरिसकेको भन्दै थापाले आफू पनि पार्टी नफुटाउने बताए हुन् ।
उनले पार्टी एकताको आजको दिन कोषेढुंगा सावित उनले दावी गर्दै पार्टी निर्माणमा विगतमा संस्थापक नेता स्वर्गीय सूर्यबहादुर थापाले खेलेको भूमिकाको पनि प्रशंशा गरे ।
थापाले पार्टी एकताबाट आफू खुसी र सन्तुष्ट रहेको बताउँदै आफ्नो चार वर्षे कार्यकाल पूरा नहुँदै पार्टी एकता गराउन सकेकोमा गौरवान्वित भएको पनि धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया