काठमाडौं । राकुटेन भाइवरले अभिनेत्री प्रियंका कार्की तथा उनको श्रीमान आयुष्मान जोशीलाई बर्सिलोना गइ विश्वकै प्रख्यात फुटवल क्लवमा भएको एक खेल प्रत्यक्ष खेल हेर्ने अवसर प्रदान गरेको छ ।
राकुटेनले उनीहरुलाई हवाइ यात्रामार्फत सिधा बार्सिलोना गइ विश्वकै सर्वाधिक मध्ये एक फुटबल क्लब एफ बार्सिलोना सहभागी भएको एक खेल हेर्ने अवसर प्रदान गरेको छ । भर्खर मात्र बिबाह बन्धनमा बाधिएका प्रियंका तथा आयुष्मानले स्पेनको शीर्ष फुटबल लिग, ला लिगा को त्यो रोमाञ्चक खेल प्रत्यक्ष हेर्न पाउँदा उनलाई जीवनकै एक रमाइलो अनुभवको मज्जा लिएको समेत बताएका छन् ।

खेल प्रत्यक्ष हेर्ने मात्र नभएर, उनीहरूले सबै भन्दा अगाडिको पङ्क्तिमा रहेका सिटहरूमा बसेर खेलाडीहरूलाई एकदमै नजिकैबाट नियाल्न पाएका थिए । च्बपगतभल ख्ष्दभचको मार्फत नै, प्रियंका र आयुष्मानलाई विश्व विख्यात एफ बार्सिलोना फुटबल क्लबको को घर, क्याम्प नोउमा एक पटक विशेष यात्रा गर्ने अवसर समेत प्राप्त गरेको छन् । एफसी बार्सिलोनाका फुटबल स्टारहरू, उनीहरूको यात्रा र अनुभव सम्बन्धी उनीहरूले सोसल मिडियामा राखेका पोस्टहरू हेर्दा उनीहरू कति धेरै रमाउनु भएको थियो भन्ने कुरा सजिलै आंकलन गर्न सकिन्छ ।

राकुटेन भाइवर विश्वकै एक अति लोकप्रिय इन्स्टेन्ट मेसेजिङ एप मात्र नभएर एफ बार्सिलोनाको पनि आधिकारिक सञ्चार च्यानल हो। सन् २०१७ देखि, राकुटेन भाइवरले यस फुटबल क्लबलाई विश्वभरी छरिएका आफ्ना ८० करोड समर्थकहरूसँग विभिन्न किसिमका रोचक र रमाइलो अनुभवहरूले जोड्दै आइरहेको छ। टिमलाई प्रियंकाले नजिकैबाट नियाल्न पाएको यो यात्रा मानिसहरूलाई एक आपसमा जोड्नलाई विशेष, रमाइलो र रोचक बनाउने राकुटेन भाइवर को मिशन अन्तर्गतको सबैभन्दा पछिल्लो कार्य हो।
आफ्नो १०औं वार्षिकोत्सव मनाउने क्रममा यो वर्ष राकुटेन भाइवर ले हरेक वइक्तिलाई अभिव्यक्त गर्ने साथै आफ्ना प्रिय मानिसहरूसँग जोडिएर रहन झन् सजिलो बनाउन गोप्यता र सुरक्षा युक्त विधि अपनाउँदै अझ नौलो र रोचक विशेषताहरू र साझेदारीहरू ल्याउँने योजना रहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया