दुर्घटनामा ११ को मृत्यु

भारतमा भएको सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ ।

कार र ट्र्याक्टर एकआपसमा ठोकिँदा भएको सो दुर्घटनाका कारण अरु चार जना घाइते पनि भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

भारतको मुजाफारपुरअन्तर्गत पर्ने कान्ति प्रहरी चौकीनजिकै दुर्घटना भएको प्रहरी अधिकारीले बताएका छन् ।

घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?