काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्न खोज्ने माथि कारवाही गर्ने चेतावनी दिएका छन् ।
आज आयोजित साक्षात्कारमा उनले अत्यावश्यक वस्तुको अभाव नहुने जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने माथि कारवाही गर्ने बताए । उनले भने, “सरकारले अहिले बजार अनुगमन एकीकृतरूपमा गरिएको छ । अपुग जनशक्ति अझै थप्ने तयारी छ ।”
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोरोनाको प्रभाव पर्न नदिन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
उपभोक्ता संरक्षण परिषद्का सदस्य प्रेमलाल महर्जनले कोरोनाको सङ्क्रमण बारेमा अनावश्यक डर, त्रास र भय नफैलाउन आग्रह गरे । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया