काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई खाना दिइनुका साथै हिडडुल समेत गराउन थालिएको छ ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीको फिजियोथेरापीलाई समेत निरन्तरता दिइएको छ । उनको भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन् ।
कार्यकारी निर्देशक खड्काका अनुसार मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेको छ । उनले पनि हिडडुल गर्न थालेकी छन् ।
चिनियाँ राष्ट्रपति शि जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । लिखित सन्देश पठाउँदै राष्ट्रपति सिले ओलीको स्वास्थयलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
नेपाल र चीनका दुबै पार्टी र देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू इच्छुक रहेको पनि शिले बताएको थापाले जानकारी दिए ।
गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया