श्रीमतीको खेल हेर्न अष्ट्रेलियाका बलर स्टार्कले छाडे आफ्नो अन्तिम खेल

काठमाडौं । अष्ट्रेलियाका बलर मिचेल स्टार्कले दक्षिण अफ्रिकाविरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय खेल नखेल्ने भएका छन् ।

आईसीसी टी-ट्वान्टी महिला विश्वकप क्रिकेटको फाइनल हेर्न अष्ट्रेलिया फर्किएपछि तीव्र गतिका बलर स्टार्कले अन्तिम खेल गुमाउने भएका हुन् ।

घरेलु भूमिमा जारी विश्वकपको फाइनलमा अष्ट्रेलिया र भारत भिड्दै छन् । र, अष्ट्रेलियन टिममा स्टार्कका श्रीमती एलिशा हेले पनि रहेकी छिन् । त्यसैले विश्वकपको फाइनल हेर्न स्टार्क स्वदेश फर्किएका हुन् ।

अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लान्जरले स्टार्कको लागि यो जीवनकै महत्वपूर्ण अवसर रहेको कारण रिलिज गरेको बताए । मेलबर्नमा हुने विश्वकपको फाइनल आइतबार हुँदैछ । त्यहिँ दिन अष्ट्रेलियाले दक्षिण अफ्रिकासँग खेल्नेछ ।

तीन खेलको सिरिज दक्षिण अफ्रिकाले २-० ले जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?