काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा नेपाल र सिंगापुरबीचको खेलमा वर्षा बाधक बनेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले आफ्नो अन्तिम खेलमा सिंगापुरसँग खेल्न लागेको बेला बाधक बनेको हो ।
वर्षाको कारण मैदान ओसिलो हुँदा नेपाल र सिंगापुरबीचको खेलको टस समेत भएको छैन । दुई टोलीबीचको खेलको टस नेपाली समय अनुसार ९:१५ पछि तय हुनेछ ।
एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालको लागि यस खेल प्रतिष्ठाको भिडन्त मात्र हुनेछ । सिंगापुर भने शीर्ष दुई पक्का गर्दै एसिया कप छनोटमा पुगेको छ ।
३ खेलमा ३ जितका साथ सिंगापुर तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
यसअघि सिंगापुरले मलेसिया, हङकङ र थाइल्याण्डलाई पराजित गरेको थियो । नेपाल भने थाइल्याण्डमाथि जित निकाल्दा मलेसिया र हङकङसँग पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया