अब सबै फुटबल प्रतियोगिता बन्द रंगशालामा हुने

काठमाडौं । मोरक्कोमा आयोजना हुने सबै फुटबल प्रतियोगिताको खेलहरु रंगशाला बन्द गरेर खेलाईने भएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको कारण सबै फुटबल खेल दर्शक बिना खेलाईने भएको हो । मोरक्को फुटबल फेडेरसनले देश भित्रको सबै प्रतियोगिता रंगशाला बन्द गरेर खेलाउन निर्देशन दिएको छ ।

मोरक्को फुटबल फेडेरेसनको निर्देशनसँगै मोरक्कोमा हुने कन्फेडेरेसन कपको क्वाटरफाइनल खेल दर्शक बिना हुनेछ । यस्तै, मोरक्कोको शीर्ष डिभिजन लिग, एमेच्योर लिग, महिला लिग र क्षेत्रीय लिग समेत बन्द रंगशाला हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?