कोरोनाबाट जोगिन नेकपाको यस्तो सुर्कुलर !

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरस र यसबाट जोगिने उपायबारे जानकारीमूलक पर्चा बनाउन र प्रत्येक घरमा पुर्‍याउन निर्देशन दिएको छ । पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्तरगत गर्ने भनिएको ठूलो भेला तथा जनसभाहरु स्थगित गरेको नेकपाले भयावह बन्दै गएको कोरोनाको विषयमा भने गम्भिरता देखाएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलले बुधबार अन्तरिक सुर्कुलर जारी गर्दै सबै जिल्ला कमिटीलाई पर्चा बनाउन, सबै तहका कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक अगुवा र स्थानीय सञ्चार माध्यमसँग समन्वय गरी कोरोनाबाट बच्ने उपायबारे जानकारीमूलक कार्यक्रम गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?