काठमाडौं – एक युवतीमाथि यौन हिंसाको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजु रहेका छन् ।
माघ २३ मा अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा उनलाई भक्तपुरबाट आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
अभियुक्त खिउजुले महानगरीय प्रहरी बृत्त चापागाउँको प्रमुख हुँदा एक युवतीलाई जागिरको प्रलोभन दिँदै यौन हिंसा गरेको बताइएको छ । उनीमाथि अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
उनीविरुद्ध युवतीले प्रहरीमा उजुरी दिएपछि उनी जागिरबाटै राजीनामा दिएर फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया