काठमाडौँ, १७ माघ- हतियार देखाएर लुटपाट गर्ने गिरोहका चारजनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका भोजबहादुर थापामगर, सिन्धुलीको मरिन गाउँपालिका–८ बस्ने मिलन भन्ने रत्नबहादुर तामाङ, धुलिखेल नगरपालिका–१ बस्ने विष्णु भन्ने अमृत तामाङ र सोही नगरपालिकाको वडा नं १० बस्ने सानुकान्छा ब्लोन रहेका छन् भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेशचोक डेरा गरी बस्ने रामबहादुर तामाङको कोठामा यही माघ १० गते भएको लुटपाटको घटनाको छानविनको क्रममा प्रहरीले सो समूहलाई पक्राउ गरेको हो उनीहरूले तामाङको परिवारलाई हातखुट्टा डोरीले बाँधी नियन्त्रणमा लिएर कोठामा भएको नगद तथा सुनका गरगहना, मोबाइल समेत गरी रु १६ लाख बराबरको धनमाल लुटेका थिए महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धनमालसहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी बुधबार डाँका चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाएको छ घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले पक्राउ परेकाहरूको साथबाट पगालेको सुनको ढिक्का साढे ६ तोला र मोबाइल बरामद गरेको छ पक्राउ परेका भोजबहादुर र रत्नबहादुर यसभन्दा अगाडि पनि विभिन्न डाँका तथा चोरी मुद्दामा संलग्न रहँदै आएको र उनीहरु २०७४ को गणतन्त्र दिवसको उपलक्ष्यमा सजाय मिनाहा भई जेलबाट छुटेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया