पोखरामा असिना पानी !

काठमाडौं- पोखरामा भीषण हावाहुरीसहित असिनापानी परेको छ ।

असिनाकै कारण लामो र छोटो दूरीका सवारी आवागमन केहिबेर ठप्प बनेको थियो । वर्षात्का कारण सडकमा असिना जमेको छ भने कैयौँ ठाउँमा कृषिबालीमा क्षति पुगेको छ । अहिले त्यहाँको तापक्रम १३ डिग्री सेल्सीयस छ । अहिले पनि हलुका वर्षा भइरहेको छ । आज काठमाडौंमा दिउँसोभरी पारीलो घाम लागेको थियो । चिसो बिस्तारै हट्दै गएको छ ।

हिजो नागार्जुन क्षेत्रमा केहिबेर हावाहुरीसहित वर्षा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?