काठमाडौं । आजको समयमा सोशल मिडिया एउटा यस्तो माध्याम बनेको छ, जसका कारण हामीले सारा विश्वका समाचारहरु तत्कालै थाहा पाउँदछौँ ।
सोशल मिडियाहरुका बारेमा बिभिन्न देशहरुले फरक-फरक नियम बनाएका हुन्छन् । पाकिस्तानमा सोशल मिडियालाई लिएर नयाँ नियम बनाइएको थियो । तर पाकिस्तानका लागि नियम महंगो सावित भएको छ ।
पाकिस्तानको इमरान सरकारलाई सोशल मिडिया प्लेटफर्महरुका बिभिन्न कम्पनीहरुले धम्की दिएको छ । कम्पनीहरुले पाकिस्तान सरकारलाई नयाँ नियम लागू गर्ने हो भने सबै सेवा बन्द गरिपदने धम्की दिएको हो ।
धम्की दिने कम्पनीहरुमा फेसबुक, गूगल र ट्वीटर आदि मिडिया प्लेटफर्म शामिल छन् । एशिया इन्टरनेट गठबन्धन (एआइसी) नामक एक समुहको माध्यामबाट एक पत्र लेखिएको छ ।
पत्रमा पाकिस्तान सरकारले बनाएको नयाँ नीयम मान्य नहुने कुरा उल्लेख छ । कम्पनीहरुले वर्तमान नियमले पाकिस्तानी व्यवसायकिा साथै एआइसी सदस्यहरुका लागि कठिन रहेको र नयाँ नियम लागु गर्न भए सबै सेवा बन्द गरिदिने धम्की दिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया