काठमाडौं । उत्तर पूर्वी दिल्लीमा आईतवार देखि शुरु भएको हिंसामा परेर ३९ जनाको मत्यु भएको छ । साथै २०० भन्दा धेरै घाइते भएका छन् ।
घाइतेहरुको दिल्लीका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । आईतवारबाट हिंसाग्रस्त बनेका दिल्लीका बिभिन्न इलाकामा बिहीवार बेलुकादेखि भने शान्ति छाएको छ ।
हिंसामा परेर घाइते भएकाहरु मध्ये ३४ जनाको उपचारका क्रममा गुरु तेग बहादु्र अस्पतालमा निधन भएको थियो । त्यस्तै उपचारकै क्रममा लोक नारायण जय प्रकाश अस्पतालमा ३ तथा जग प्रवेश चन्द अस्पतालमा १ जनाको मृत्यु भएको थियो ।
त्यस्तै आइबी अफिसर अमित शर्माको भने घटनास्थलमै मृत्यु भएको थियो । अहिलेसम्म सरकारले १८ जनाबिरुद्ध एफआईआर मुद्दा दर्ता गरेको छ भने १०६ जनालाई गिरफ्तार गरेको छ ।
हिंसामा परेर मृत्यु भएका आइबी अफिसर अमित शर्माको पोस्ट मार्टमका क्रममा चक्कुका निशाना फेला परेका छन् । उनको टाउको र पेटमा चक्कु प्रहार गरिएको पोस्टमार्टमबाट पत्ता लागेको हो ।
परिवारले अंकित शर्माको हत्या आम आदमी पार्टीका पार्षद ताहिर हुसेनले गरेको आरोप लगाएका छन् । शर्माको शव चान्दबाग इलाकाको एक नालीमा फेला परेको थियो ।
उनी आफ्ना छिमेकीको मद्दत गर्न घरबाट बाहिर निस्किएको बेला मृत्यु भएको थियो । अमितका परिवारहरुले हुसेन घरबाट अंकित गायब भएको बताएका छन् ।
आम आदमी पार्टीले हुसेनलाई पार्टीबाट निलम्बित गरिदिएको छ । दिल्ली पुलिसले हुसेनको घरबाट अत्याधिक मात्रामा पेट्रो बम तथा ढुङ्गा फेला परेको बताएके छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया