काठमाडौं । उत्तर पूर्वी दिल्लीका केहि इलाकामा गत आइतवारबाट शुरु भएको हिंसाले अहिले सम्म पनि त्यहाँको स्थिति तनावपूर्ण रहेको छ । पुलिस प्रशासनले पूरा इलाकामा धारा १४४ लागु गरेका छन् ।
भारतीय सञ्चारमाध्यामका अनुसार अहिलेसम्म हिंसाका कारण २० जनाको मृत्यु भईसकेको छ । आईबी (इन्टेलिजेन्ट ब्युरो) का सूचना सहायक अंकित शर्माको शव दिल्लीको हिंसाग्रस्त क्षेत्र चान्दबागमा फेला परेको छ ।
यसैबीच भारतीय प्रधानम्नत्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै बैठकमा दिल्लीको स्थितिको बारेमा ब्यापक समीक्षा भएको बताउक छन् ।

उनले आम सर्वसाधारणहरुलाई शान्ति व्यवस्था बनाई राख्नका लागि समेत अपिल गर्दै पुलिसहरुलाई शान्ती व्यवस्था बनाइराख्न प्रयासरत रहेको बताएका छन् ।
त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा सेना बोलाउनका लागि माग गरेका छन् । उनले हिंसा झनै बढ्दै गएको भन्दै सेना बोलाउनु पर्ने बताएका हुन् ।
त्यस्तै हिंसामा परेर मृत्यु भएका हेड कन्सटेवल रतनलालाई केन्द्रिय सरकारले सहिद घोषणा गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया