गुल्मिमा जीप दुर्घटना, ७ जना घाइते

बुटवल । गुल्मीको दरबार गाउँपालिका २ जुभुङमा जीप दुर्घटना भएको छ । तम्घासबाट जुभुङ जादै गरेको लु १ च ६७०१ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको प्रहरस्ले जनाएको छ ।

दुर्घटनामा नेपाल बिद्युत प्राधिकरण गुल्मीमा कार्यरत पदम थापा, गोविन्द रिजाल, लोक बहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवंर र सेर बहादुर सोमै घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मीन बहादुर घलेले जानकारी दिए ।

घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?