काठमाडौं । च्याम्पियन्स लिग फुटबलको यस सिजनको नकआउट चरणको खेलहरु सुरु भएको छैन तर, इन्ग्लिश क्लब लिभरपुल भने आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।
इन्ग्लिश प्रिमियर लिग अन्तर्गत सोमबार राति चेल्सी घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग २-० ले पराजित भएपछि लिभरपुलले लिगको शीर्ष ४ पक्का गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको हो ।
प्रिमियर लिगका शीर्ष ४ टोलीले च्याम्पियन्स लिग खेल्न पाउने छन् । जस अन्तर्गत लिभरपुलले लिग नसकिदै शीर्ष ४ पक्का गरेको हो । यस सिजन उपाधि नजिक रहेको लिभरपुलले पाँचौं स्थानको टोटनहमविरुद्ध ३६ अंकको अग्रता बनाएको छ । लिगमा १२ खेल बाँकी रहेको छ ।
अब बाँकी खेलमा खराब प्रदर्शन गर्दै सबै खेल गुमाएपनि लिभरपुल शीर्ष ४ मा रहने छ । लिभरपुलको ७६ अंक रहेको छ । टोटनहमको ४० अंक रहेको छ ।
यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१, तेस्रो लेष्टर सिटीको ५० र चौंथो चेल्सीको ४१ अंक रहेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया