कोरोनाको बारेमा नास्त्रेदामसले गरेका थिए डरलाग्दो भविष्यवाणी

काठमाडौं । ४६५ वर्ष पहिला फ्रान्सका भविष्यवक्ता नास्त्रेदामसले आफ्नो भविष्यवाणीको पुस्तक ‘सेञ्चुरिज’मा लगभग ९५० वटा भविष्यवाणी गरेका छन् ।

आजभोली उनले गरेका भविष्यवाणीलाई लिएर प्रत्येक वर्ष बिभिन्न भविष्यवाणीहरु आइरहेका छन् । साथै अहिले कोरोना भाइरसको विषयलाई लिएर उनले गरेको भविष्यवाणी सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

केहि मानिसहले भने उनको भविष्यवाणी पुस्तकको छन्द २ः५३ मा कोरोना भाइरसको बारेमा भविष्यवाणी गरेको बताएका छन् ।

उनले उक्त छन्दमा समुन्द्र नजिकको एक शहरमा एक ठूलो महामारी फैलिन्छ र जसबाट लाखौँ मानिसहरु मर्दछन् । नास्त्रेदोमसले बताए अनुसार उक्त शहर चीनको वुहान नै हो ।

उनले जहाँ समुन्द्र जीवको कारोबार हुन्छ, त्यहिँबाट एउटा महाममारी फैलिने भविष्यवाणी गरेका थिए । नभन्दै वुहानको पशु बजारबाटै कोरोना फैलिएको थियो ।

लण्डन स्कूल अफ हाइजीन् एण्ड मेडिसिनले आफ्नो रिपोर्टमा वुहानमा कोरोना संक्रमित मानिसहरुको संख्या यसै प्रकारले फैलिँदै जाने र शहरका ५ प्रतिशत अर्थात् ५ लाख मानिसहरुको त्यसको संक्रमणबाट मृत्यु हुने बताएको छ ।

वुहानमा समुन्द्री वीवहरुको व्यापार गर्ने गरिन्थ्यो । नास्त्रेदामसले आफ्नो भविष्यवाणी पुस्तकमा तुफान,महामारी र युद्धका कारण लाखौँ मानिसहरु मर्ने कुरा लेखेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?