बसले मोटरसाइकललाई ठक्कर दियो, २ जनाको मृत्यु

लहान । सिराहा–चोहर्वा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका ५ मा बसले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ ।

लु.१६प ४४४१ नम्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका ३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डलको मृत्यु भएको छ ।

ठक्करबाट घाइते दुबैको उपचारका लागि विराटनगर लादै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?