कुटपिटबाट १ जनाको मृत्यु, ७ जना पक्राउ

मोरङ । मोरङको धनपालथान गाउँपालिकामा मादकपदार्थ सेवन गरेर कुटिपगर्दा एक जनाको ज्यान गएको छ । गत माघ ४ गते धनपालथान गाउँपालिका–४ का ३८ बर्षीय बिशुन देव मुखियाको कुटपटिबाट घाइते भएका थिए । उनको उपचारको क्रममा सोमवार राती बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

उनी होटलमा मादक पदार्थ सेवन गरी भएको बादबिबाद र कुटपिटबाट घाईते भएका थिए । कुटपिटमा संग्लग्न रहेका ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कुटपिटमा संग्लग्न स्थानीय ३० बर्षीय धनिराम मुखिया, २० बर्षीय हरिओम महतो, ३५ बर्षीय मणी चन्द्र महतो, ६१ बर्षीय रामबिलास महतो र ३२ बर्षीय शंकर महतोलाई ईलाका प्रहरी कार्यालय रङगेलीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै कुटपिटमै संग्लग्न रहेका १८ बर्षीय किसन महतो र १५ बर्षीया जमुना कुमारी महतो भने सामान्य घाईते भएकाले प्रहरीको निग्रानीमा स्थानीय मेडिकलमा उपचार भईरहेको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?